हङकङमा ‘चकलेट’ फेरी प्रदर्शन हुने



choco
नेपालमा प्रदर्शन हुनुभन्दा अगाडी हङकङमा रेडकार्पेट शो गरिएको चलचित्र ‘चकलेट’को पुन हङकङमा प्रदर्शन गरिने भएको छ । यो चलचित्रलाई यस चलचित्रकी निर्मात्री खुशी गुरुङले हङकङमा पुन प्रदर्शन गर्न लागेकी हुन् ।

हाँस्य कलाकार निर्मल शर्मा निर्देशित चलचित्र चकलेटमा पुजना स्त्री, आयुष्मान घिमिरे, नम्रता झा, अनुज शाक्य, केशव भट्टराई, सुमन गैरे लगायत आधा दर्जनभन्दा बढि बालबालिकाको अभिनय देख्न सकिन्छ । २०१६ जनवरी २४ तारिख आइतबार हङकङको फ्रेण्डसिप क्लबमा हुन लागेको शोमा चलचित्रका नायक डा.आयुष्मान घिमिरे सहभागी हुनेछन् ।

साँझ ६ बजेदेखी आयोजना हुने चलचित्रको शोमा हङकङमा रहेका विभिन्न विशिष्ट व्यक्तिहरुको पनि उपस्थिती रहने निर्मात्री गुरुङले जानकारी दिइन । चलचित्र ‘चकलेट’ पूजना स्त्रीको प्रस्तुतीमा खुशी गुरुङ, प्रितीमाया गुरुङ र केशव तामाङले संयुक्त रूपमा निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu