हसन राजा खानलाई जन्मदिनमा पुरीको चलचित्र



hasan-bday

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक नारायण पुरीले निर्माता एवं कलाकार हसनराजा खानलाई जन्मदिनको अबसरमा चलचित्र उपहार दिएका छन् । आफ्नो नयाँ चलचित्रको स्क्रिप्ट पुस्तिका हस्तान्तरण गर्दै पुरीले हसन चलचित्रको मुख्य भुमिकामा रहने बताए ।

पुरीका अनुसार चलचित्रको नाम हाल पक्का भइसकेको छैन । लामो समयपछि चलचित्र निर्देशनमा फर्किन लागेका पुरीले हसनलाई लिएर नयाँ चलचित्र निर्माण गर्न लागेका हुन् भने चलचित्रका लागि अन्य कलाकारहरुको छनोट भइसकेको छैन । पुरीका अनुसार चलचित्रमा रामेश्वर कार्कीको छायांकन र सुरेश अधिकारीको संगीत रहनेछ । चलचित्रको पटकथा अमरदीप सापकोटाले लेखेका हुन् ।

चलचित्रको सुटिङ फागुन महिनादेखि गर्ने लक्ष्य रहेको खानले बताए । जन्मदिनमा चलचित्र उपहार पाएकोमा हसन निकै प्रशन्न देखिएका थिए । उनले नजिकका चलचित्रकर्मी, साथीभाइ र आफन्तका बीच केक काटेर जन्मदिन मनाएका थिए । बर्थडे व्वाई हसनले यस अघि अलबिदा नामक चलचित्र आर्यन सिग्देललाई लिएर निर्माण गरेका थिए, जसमा हसन पनि मुख्य भुमिकामा देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu