गायिका बनिन् रेखा थापा (भिडियो सहित)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चाँडै फ्लोरमा जाने तयारीमा रहेको चलचित्र ‘लालजोडी’को एक गीतमा नायिका रेखा थापाले आवाज दिएकी छिन् । मंगलबार पुतलीसडकमा रहेको एक स्टूडियोमा नायिका रेखा थापाले लालजोडीमा समावेश ‘माँ कसम’ बोलको गीतमा आवाज दिएकी हुन् ।

उनलाई गायक प्रलाद तिमल्सिनाले साथ दिएका छन् । हालै रेकर्डिंङ भएको उक्त बोलको गीतमा थानेश्वर गौतमको संगीत रहेको छ भने यस चलचित्रका निर्देशक समेत रहेका लक्ष्मण सुवेदीको शब्द रहेको छ । गीत रेकडिंङपछि सञ्चारकर्मीहरुसँग बोल्दै नायिका थापाले आफुलाई यो सबैभन्दा ठुलो मौका रहेको बताइन् । उनले गीतको बोल उत्कृष्ट भएका कारण आफुले आवाज दिएको बताउँदै आफुलाई यो गीतबाट आफु प्ले व्याक सिंगिङमा पनि महत्वपुर्ण सहयोग गर्ने बताइन् ।

त्यस्तै गायक प्रलाद तिमल्सिनाले गीत हाइ रेन्जमा भएका कारण गीतका लागी राम्रै कसरत गर्नु परेको बताए । त्यस्तै चलचित्रका निर्देशक लक्ष्मण सुवेदीले चलचित्रको कथाले अनुसार नै नायिका रेखा थापाले ‘माँ कसम’ बोलको गीतमा आवाज भरेकी बताए । उनले चलचित्र चाँडै फ्लोरमा जाने जानकारी दिदैं निर्देशक सुवेदीले यस गीतले दर्शक, स्रोताहरुको मन जित्ने पनि बताए । रामेश्वर कार्कीको छायांकन रहने चलचित्र वैशाखबाट फ्लोरमा जानेछ । निर्देशक सुवेदीले यसअघि चलचित्र ‘एउटा साथी’ निर्देशन गरेका थिए ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu