जिन्दगीदेखी किन हारे आर्यन ? (भिडियो)



hare-hare
ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘क्लासिक’को ‘हारेँ हारेँ’ बोलको गीत सार्वजनिक भएको छ । ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द तथा युवराज चौलागाईँको स्वर रहेको गी मर्मस्पर्शी रहेको छ ।

चलचित्र ‘नोभेम्बर रेन’ निर्माण गरेपछि चर्चामा आएको सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, शकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।

चलचित्रमा आर्यन र नम्रता आँखा नदेख्ने भुमिकामा छन् । चलचित्रमा हिमाल केसीको द्वन्द्व, रेनाशा राईको नृत्य निर्देशन, सुरेन्द्र पौडेल र प्रितम पाण्डेको सम्पादन, विजय बस्याल र श्रीकृष्ण श्रेष्ठको ग्राफिक्स, छेतन गुरुङको लेखन तथा राजेश श्रेष्ठको छायांकन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu