‘बाटो मुनीको फूल-२’ बैशाख १० मा



bato-muniko-fool-2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक, निर्माता एवं कलाकार यसकुमारले निर्माण गरेको चलचित्र ‘बाटो मुनीको फूल-२’ ले अन्तत: नेपाल प्रदर्शन मिति तोकेको छ । यस अघि विदेशका केहि देशहरुमा प्रदर्शन भइसकेको यो चलचित्र नेपालमा भने बैशाख १० गतेबाट प्रदर्शनमा आउन लागेको हो ।

यसकुमारले विदेशका केहि देशहरुमा गरिएको चलचित्रको प्रिमियरको सफलतापछि नेपालमा चलचित्रको प्रदर्शन मिति तय गरिएको जानकारी दिए । उनका अनुसार अझै केहि देशहरुमा चलचित्र ‘बाटो मुनीको फूल-२’ को प्रदर्शन हुनेछ ।

चलचित्रमा भीम न्यौपानेबाहेक चर्चित गायक यसकुमार, आशिष्मा नकर्मी, दिलिप रायमाझी, गायक तथा नायक बाबु बोगटी, ऋचा शर्मा, गणेश उप्रेती र शूभद्रा अधिकारीको प्रमुख भूमिका रहेको छ । चलचित्र ‘बाटो मुनीको फूल-२’ रिदम फिल्म्सको ब्यानरमा बनेको हो भने यसको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu