फ्राईडे रिलिज: चलचित्र ‘काफल पाक्यो’ र ‘फन्को’



fanko1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस पटकको फ्राईडे रिलिजमा दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आएका छन् । ‘काफल पाक्यो’ र ‘फन्को’ चलचित्रले आज शुक्रबारबाट प्रदर्शन आरम्भ गरेका हुन् ।

दुवै कमेडी चलचित्र भएका कारण दर्शकहरुले चलचित्रलाई मनपराउनेमा निर्माणपक्ष विश्वस्त देखिएको छ । सावित्री खत्रीले निर्देशन गरेको चलचित्र काफल पाक्योमा नायक जीवन लुईँटेलको अलवा नवनायिका वर्षा सिंह, मुकेश आचार्य, लय संग्रौला, उत्तम केसी, बीएस राणा लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

kafal-pakyo1

उपेन्द्र सुवेदी, सुरेश राउत, लक्ष्मी केसीले निर्माण गरेको चलचित्र काफल पाक्योमा विकास चौधरीको संगीत, शंकर अधिकारीको गीत, हिमाल केसीको द्वन्द्व, कविराज गहतराज र सरिता राजचललेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई दीर्घ गुरुगं र दीपक बज्राचार्यले खिचेका हुन् ।

फन्कोमा सौगात मल्ल, दयाहाङ्ग राई, अनुप बराल, केकी अधिकारी, प्रियंका कार्की, केशव भटराई लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । सुर्बण थापाले निर्देशन गरेको फन्कोमा नरेन्द्र महर्जन साथै बेल्जियम निवासी शहदेव गौतम र पदम गुरुङ्गले लगानी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu