गाउँको दुखले भरिएको ‘को आफ्नो’को ट्रेलर (भिडियो)



ko-aafno-trailer
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘को आफ्नो’को अफिसियल अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा शहर देखी गाउँसम्मको कथालाई मर्मस्पर्शी ढंगबाट बुनिएको छ ।

फागुन ७ गतेबाट देशव्यापी प्रदर्शन हुन लागेको चलचित्रमा ऋचा शर्मा, संशाक मैनाली, सुवास थापा, मेनुका प्रधान, सुदाम सिके, राजन खतिवडा, शान्ति गिरी, सुलक्षण भारती लगायतका कलाकारहरु देखिएका छन् । अनिल थापाको लेखन र निर्देशनमा तयार भएको यो चलचित्रलाई ड्रामा र थ्रिलर भनिएको छ ।

यो चलचित्रले वच्चा हराएपछि परिवारमा आईपर्ने संकटको कथा बोलेको छ । नेपालको पश्चिम पहाडको जनजिवनमा आधारित यस चलचित्रमा ऋचाले एउटी अधबैंसे गाउँले महिलाको चरित्र निर्वाह गरेकी छिन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu