आर्यनको एक्शनमा आवेग ट्रेलर, मन्त्री राईले गरे अडियो एल्बम विमोचन



ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोमबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्र आवेगको प्रदर्शन मितिसँगै ३ गीतको भिडियो, ट्रेलर र अडियो एल्बम सार्वजनिक गरिएको छ । सूचना तथा संचारमन्त्री शेरधन राइको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतले चलचित्रको अडियो एल्बम सार्वजनिक गरेका थिए । ‘

अडियो एल्बम सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री राईले आफु तत्काल चलचित्र नीतिलाई लागु गर्ने, सेलिब्रेटी कार्डको व्यवस्था देखी बक्स अफिस लागु गर्ने काममा अगाडी बढ्ने विश्वास दिलाउदैं चलचित्र आवेगलाई शुभकामना पनि दिएका थिए । त्यस्तै कार्यक्रममा बोल्दै कलाकार संघका अध्यक्ष बोगटी र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले चलचित्र आवेग राम्रो बनेको हुनुपर्ने बताउँदै अग्रिम शुभकामना दिएका थिए ।

कार्यक्रममा चलचित्रकी नायिका पवित्रा आचार्य मात्र उपस्थित भएकी थिइन । कार्यक्रममा देखाइएको ट्रेलर र ३ गीतहरुलाई उपस्थित पत्रकारहरुले उत्कृष्ट मानेका थिए । ट्रेलरमा नायक आर्यन सिग्देलको धमकेदार एक्शन अवतार देख्न सकिन्छ । त्यस्तै कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक बसन्त निरौलाले चलचित्र आवेग चैत १२ बाट प्रदर्शनमा आउने जानकारी दिए । उनले ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएका कारण दर्शकको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताए । उनले चलचित्रमा आफुले सक्दो मेहेनत गरेका कारण चलचित्र आवेग उत्कृष्ट बनेको दाबी गरे ।

सोहि कार्यक्रममा बोल्दै नायिका पवित्राले चलचित्र आवेगले दर्शकहरुको मन जित्नेमा विश्वस्त रहेको बताइन् । सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ । चलचित्र ‘आबेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ । चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu