अनमोल र साम्राज्ञीको प्रेमले भरिएको ‘म के भनुँ’ (भिडियो)



Anamol-kc-and-Samragyi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेता भुवन केसी निर्देशित एंव निर्मित चलचित्र ‘ड्रिम्स’ को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘म के भनुँ’ बोलको सार्वजनिक गीतमा नायक अनमोल केसी र नव नायिका साम्राज्ञी राज्यलक्ष्मीलाई फिचर गरिएको छ । हर्कुलस बस्नेत र सोमिया बराइलीको स्वर रहेको यो गीतमा हेर्कुलसकै शब्द, विशेष र रोदितको संगीत छ ।

यो चलचित्रमा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ । चलचित्रमा दर्शना केसी, अमित श्रेष्ठ, न्यान्सी थापा पनि मुख्य भूमिकामा छन् ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकलश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । आउँदो फागुन २१ मा देशव्यापी रिलिज गरिने तयारी गरिएको यो चलचित्र प्रेम कथामा आधारित रहेको बताइएको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu