चलचित्र ‘नरसिम्हा’ बन्ने



ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘यस टु क्रियशन’को ब्यानरमा सुनिल श्रेष्ठको निर्माण र गजेन्द्र रन्जितको निर्देशनमा चलचित्र ‘नरसिम्हा’ निर्माण हुने भएको छ । बिहिबार राजधानीमा एक कार्यक्रमका बिच यो चलचित्रको शुभ साईत गरिएको छ ।

यो चलचित्रको चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईले शुभसाइत गरेका हुन् । चलचित्रमा किशोर खतिवडा, सञ्जय खतिवडा, नम्रता योगी, ध्रुव कोइराला, नरेश केसी लगायतका कलाकारहरुको अभिनय रहने छ । चलचित्रमा मोनिका बस्नेत, नारायणकृष्ण श्रेष्ठ निर्माता रहेका छन् भने सह निर्मातामा महेश भण्डारीको साथ रहेको छ ।

narsimha

फागुन ३ गतेबाट फ्लोरमा जाने तयारीका साथ शुभ साईत गरिएको कार्यक्रममा बरिष्ठ चलचित्रकर्मीहरु नीर शाह, बसुन्धरा भुसाल र युबराज लामालाई सम्मान पनि गरिएको थियो । उनीहरुलाई विकास बोर्डका अध्यक्ष राईले सम्मानपत्र हस्तान्तरण गर्दै सम्मान गरेका थिए । शुभ साईत गरिएको चलचित्र नरसिम्हामा सुनिल श्रेष्ठको स्क्रिष्ट, रामेश्वर हुमागाईको छायांकन, रामजी लामिछानेको नृत्य निर्देशन र बुद्धि रानाको द्वन्द्व निर्देशन रहनेछ ।

कार्यक्रममा विकास बोर्डका अध्यक्ष राईले चलचित्र निर्माणको लागि शुभकामना दिएका थिए भने कार्यक्रमको सभापतित्व चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रियले गरेका थिए । पुर्णतया एक्शन कथामा निर्माण हुने यो चलचित्रलाई दर्शकहरुको रोजाईको चलचित्र बनाउने निर्देशक गजेन्द्र रन्जितले कार्यक्रममा बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu