‘वीर विक्रम’को फस्ट लुक र क्यारेक्टर पोष्टर सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘वीर विक्रम’को फस्ट लुक र क्यारेक्टर पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन् ।

‘वीर विक्रम’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह निर्माताको रुपमा छन् ।

bir-bikram-1st-poster

‘हँसिया’ निर्देशकको यो चलचित्रलाई लभ, एक्सन र कमेडी जनराको भनिएको छ । ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी तथा सम्राट बस्नेतको एक्शन समावेश चलचित्रलाई राजकुमार केसीले खिचेका हुन् । चलचित्रको कथा यम थापाको हो ।

चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रको सन् २०१६ को मार्च २८ तारिखमा हङकङमा विशेष प्रिमियर समेत हुँदैछ ।

यस्ता छन् क्यारेक्टर पोष्टरहरु (ठुलो साइजमा हेर्न फोटो क्लिक गर्नुहोस्)

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu