अनमोलसँग निता र आमेशको लडाईँ



friday1
ठुलोपर्दा डटकम, काठमाण्डौ।
लामो समयदेखी दर्शकहरुले प्रतिक्षा गरेका दुई नेपाली चलचित्र ‘ड्रिम्स’ र ‘फूलै फूलको मौसम तिमीलाई’ आजबाट देशव्यापी प्रदर्शनमा आएका छन् । राम्रा र महंगा भनिएका यि दुई नेपाली चलचित्रको कथावस्तु लभस्टोरी भएपनि दुवै चलचित्रमा दर्शकको राम्रो साथ हुने निर्माणपक्षको दाबी छ ।

अनमोल केसी अभिनित चलचित्र ड्रिम्स र निता ढुंगाना र आमेश भण्डारी अभिनित चलचित्र फूलै फूलको मौसम तिमीलाई दर्शकहरुका लागि प्रतिक्षित चलचित्र हुन् । ‘होस्टेल’ र ‘जेरी’ चलचित्रबाट दर्शक माझ स्टार नायकको रुपमा छवि बनाएका नायक भुवन केसीका छोरा अनमोल केसीले अभिनय गरेको चलचित्र ‘ड्रिम्स’ लाई भुवन केसीले नै निर्माण र निर्देशन गरेका हुन् ।

चलचित्रमा सामीप्यराज तिमल्सेनाको पटकथा, पुरुषोत्तम प्रधान र सन्जय लामाको छायांकन, हरकुलिश बस्नेत र विशेष पाण्डेको संगीत, बनिश शाह र मिलन श्रेष्ठको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । यो चलचित्रमा अनमोलसँगै साम्राज्ञीराज्य लक्ष्मी शाह, सन्ध्या केसीको मुख्य भुमिका रहेको छ ।

‘फूलै फूलको मौसम तिमीलाई’ दीनेश डीसीले निर्देशन गरेका हुन् । चलचित्रमा निता ढुंगाना, आमेश भण्डारी, करिश्मा मानन्धर, निर शाह, विजय लामा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो चलचित्र दिनेश डिसी प्रोडक्शनको व्यानरमा तयार भएको हो । चलचित्रमा सुरेश अधिकारीको संगीत, राजेशपायल राईको स्वर, रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu