श्रावण ७ गते ‘म त तिम्रै हुँ’ रिलिज हुने



ma-ta-timrai-hu-ni
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली नायक भुवन केसीकी पूर्वपत्नी तथा अभिनेत्री सुस्मिता बम्जनले चलचित्र ‘म त तिम्रै हुँ’ को प्रदर्शन मिति सार्वजनिक गरेकी छिन् । आफ्नो छोरा तथा चर्चित नायक अनमोल केसीको जन्मदिनको अवसर पार्दै सुस्मिताले पनि आफ्नो लगानीमा निर्माण भएको चलचित्र ‘म त तिम्रै हुँ’ को प्रदर्शन मिति सार्वजनिक गरेकी हुन् ।

अनमोलको जन्मदिनलाई विशेष मान्दै एफडी कम्पनीसँग मिलेर यो चलचित्र प्रदर्शन गर्न लागिएको हो । अब यो चलचित्र श्रावण ७ गते प्रदर्शनमा आउने भएको छ । चलचित्रमा विजय लामा, सुशिल काफ्ले, आकाश श्रेष्ठ, जीवन भट्टराई, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

अनमोल क्रियशन ब्यानरमा नव निर्देशक श्रीराम महतले निर्देशन रहेको चलचित्र ‘म त तिम्रै हुँ’ मा सुस्मिताको पनि मुख्य भूमिका रहेको छ । चलचित्रमा सौरभ लामाको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, हिमाल केसीको एक्सन, हर्कुलेस बस्नेतको संगीत, सुस्मिताकै कथा, कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu