शाहरुखको ‘दिलवाले’ सबैभन्दा खराब चलचित्र, सोनम बनिन् खराब अभिनेत्री



kela-award
शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’ले सन् २०१५ को सबैभन्दा खराब चलचित्रको अवार्ड जितेको छ । त्यस्तै सलमान खान अभिनित चलचित्र ‘प्रेम रतन धन पायो’मा अभिनय गरेकी सोनम कपूरले पनि त्यही अभिनयका आधारमा सर्वाधिक खराब अभिनेत्री घोषित भएकी छिन् । ‘आठौ गोल्डेन केला अवार्डस’ले उनीहरुलाई यो उपमा दिएको हो ।

खराब चलचित्रको मनोनयनमा परेका बम्बई भेल्भेट, शान्दार, तेभार र सिंह इज ब्लिगंलाई पछि पार्दै दिलवालेलाई वर्षकै खराब चलचित्र घोषणा गरिएको हो । चलचित्र प्रेम रतन धन पायोका निर्देशक सरोज बर्जात्या वर्षकै खराब निर्देशक घोषित भएका छन् । अभिनेता सुरज पन्चोलीले यसअघि धेरै अवार्ड समारोहमा उत्कृष्ट डेब्यू अभिनेताको अवार्ड जितेका थिए । उनले हिरो चलचित्रबाट थुप्रै अवार्ड जितेपनि यस वर्ष केला अवार्डमा उनलाई सर्वाधिक खराब अभिनेता घोषणा गरियो ।

उनीसँगै अजून रामपाल, अर्जून कपूर र इमरान खानको नाम यस सूचिमा समावेश थियो । केला अवार्डमा चलचित्र तथा चलचित्रकर्मीमाथि व्यंग्य गर्नका लागि आयोजना गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu