‘सुल्तान’ सेटबाट फोटो बाहिरिएपछि सलमानको सुरक्षा बढाइयो



sultann
बलीउडस्टार सलमान खान अहिले आफ्नो नयाँ चलचित्र ‘सुल्तान’को छायाँकनमा व्यस्त छन् । चलचित्रको छायाँकन अवधिभर दिलोज्यान दिने सलमान त्यसबखत खिचिएका तस्विरहरु लिक भए निकै रिसाउने गर्छन तर उनका फ्यानहरु भने सलमानको एक लुक्सका लागि निकै आतुर भएर बसेका हुन्छन् ।

सलमान भने सबै कुरा चलचित्रले बोल्ने भएका कारण छायाँकनको तस्विरहरु लिक गर्न चाहदैंनन् तर सलमानले जे चाहन्न त्यहिँ कुरा भने भएको देखिन्छ । त्यहि क्रममा ‘सुल्तान’ चलचित्रको सेटबाट फोटो बाहिरिएपछि सलमान खान निकै रिसाएका छन्। एक अनलाईनबाट सुल्तानमा लगौंटी लगाएको एक फोटो लिक भएपछि सलमान रिसाएको भारतीय मिडियाहरुले बताएका छन् ।

यस घटनापछि सलमानले चलचित्र सेटको सुरक्षा घेरा कडा पारेका छन् । यसअघि पनि सलमानको फोटो सुलतानको सेटबाट बाहिरिएको थियो । फोटो बाहिरिएपछि कडा पारिएको सुरक्षामा सेटभित्र फोन प्रयोगमा कडाइ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu