‘६क्का पञ्जा’को सेटमा ‘माग्ने बुढा’ ले मनाए जन्मदिन



magne-bday
ठुलोपर्दा डटकम।
चर्चित हास्यकलाकार केदार घिमिरे अर्थात ‘माग्ने बुढा’ले आइतबार आफ्नो ४२ औं जन्मदिन मनाएका छन् । हाल ‘६क्का पञ्जा’ को छायांकनमा ब्यस्त केदार घिमिरेले सुटिङ्गमै आफ्नो ४२ औं बर्षको जन्मदिन मनाएका छन् । चलचित्र यूनिटले ‘माग्ने बुढा’लाई चकलेट सहित जन्मदिनको शुभकामना दिएका थिए । उनी ‘मेरी बास्सै’ नामक टेलिसिरियलबाट लोकप्रिय बनेका हुन् ।

उनी हेटौडाका स्थानिय बासिन्दा हुन् । उनी हास्य टेलिसिरियल मेरी बास्सैमा माग्ने बुढाको भुमिकामा अभिनय गर्ने कलाकार हुन । उनलाई माग्ने बुढाको नामले चिनिन्छ । उनले २०५० सालमा एसएलसी परिक्षा पास गरेका हुन् । २०५० सालमा एसएलसी परिक्षा पास गरेपछि घिमिरे कानुन विषय पढेर अधिवत्ता हुने सोचका साथ काठमाडौ आएका थिए । काठमाडौमा आएपछि उनले फुटपाथमा कपडा पसल थाप्ने देखि खाने मसला विक्री गर्दै हिड्ने काम समेत गरे ।

केदारले शुरुमा ‘हिजो आजका कुरा’मा काम गरेका थिए । त्यसपछि ‘गीताञ्जली’, ‘तितो सत्य’, ‘लोकलहरी’, ‘जिरे खुर्सानी’ हुदै ‘मेरी बाँस्सै’मा काम गरेका हुन् । उनले काम गरेको सबैभन्दा चर्चित क्यारेक्टर ‘मेरी बास्सै’को ‘माग्ने बुढा’ले सबैमाझ चिनायो । त्यसपछि उनले आफ्नो करियरलाई कहिले पनि पछाडी फर्केर हेर्नु परेन । हाल ‘६क्का पञ्जा’को छायांकनमा ब्यस्त केदारले यस अघि वडा नम्बर ६ र ६ एकान ६ मा मुख्य भुमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu