टाइगर भन्छन्, ‘म मजदुर हुँ’



tiger-shrofff
बलिउड नायक टाइगर श्रफले आफु मजदुर रहेको बताएका छन् । आगामी चलचित्र ‘बागी’को गीत ‘गेट रेडी टू फाइट’को रिलिजको क्रममा उनले भने ‘म मजदुर हुँ । मैले सबै कुरामा मेहनत गर्नुपर्छ । यहाँ मेरा थुप्रै अग्रणी कलाकारहरु हुनुहुन्छ, उहाँहरुबाट प्रेरणा लिन्छु’ ।

उनले थपे, ‘मलाई यो थाहा छ की मैले आफ्नो करियर आँफैले बनाउने हो । जसको लागि म केहि फरक देखिने कोशिस गरेको छु । यो मेरो लागि निकै कठिन कुरा हो’ ।

उनले गीतको बारेमा बोल्दै सम्पूर्ण युवालाई समर्पित गर्न चाहेको बताए । यस गीतले सँधै आफैलाई प्रेरणा दिने उनले बताए । यस गीतमा टाइगर मार्शल आर्टको फर्म कलरीपायट्ट र टफ ट्रेनिंग गरिरहेको देखिएका छन् । ‘बागी’ २९ अप्रिलमा रिलिज हुँदैछ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu