अब विदेशमा ‘आवेग’



aabesg-bidesh

ठुलोपर्दा डटकम।
चैत्र १२ मा नेपालमा रिलिज भएको नेपाली चलचित्र ‘आवेग’ अब विदेश रिलिजमा लागेको छ ।

चलचित्रका नायक ध्रुवदत्तको सक्रियतामा ३० अप्रिलमा नेदरल्याण्डको आर्मस्डम र १ मे मा बेल्जियममा चलचित्र प्रदर्शन हुनेछ भने १५ मे मा हङ्कङ्मा निर्देशक बसन्त निरौला र नायिका पवित्रा आचार्यको उपस्थितीमा चलचित्रको प्रदर्शन हुने निर्देशक निरौलाले बताए । त्यस्तै, अष्ट्रेलियामा नै बस्दै आएकी चलचित्रकी नायिका अर्चना डेलालाले अष्ट्रेलियामा ‘आवेग’ प्रदर्शन गर्नेछिन् ।

सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ ।

चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu