दिपाश्रीको हातबाट फुत्किएको ‘लप्पन छप्पन’ बेल्जियममा



lappan-chhappan-europe
ठुलोपर्दा डटकम।
कमेडियन टर्न्स डिरेक्टर दिपाश्री निरौलाले निर्देशन गर्ने भनि तयारी भइसकेपछि दर्ता प्रक्रियामा नाम जुधेर चर्चामा आएको चलचित्र ‘लप्पन छप्पन’ यतिबेला बेल्जियममा छायांकन भईरहेको खबर छ । यो टाइटल आफ्नो पोल्टामा नभएपछि दिपाले ‘६क्का पञ्जा’ नाम दर्ता गरि यतिबेला चलचित्र छायांकन गरिरहेकी छिन् ।

‘लप्पन छप्पन’का प्राय: दृश्य युरोपको वेल्जीयमका रहनेछन् । यसका लागि गत विहिवार चलचित्रका निर्देशक मुकुन्द भट्ट र छायाँकार पुरुषोत्तम प्रधान वेल्जीयम प्रस्थान गरिसकेका छन् । शनिबारबाट बेल्जियममा छाायांकन प्रारम्भ गरिएको हो । ‘लप्पन छप्प’नमा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, वर्षा शिवाकोटी, श्याम श्रेष्ठ र हलिउड अभिनेता अलेक्सजेण्डर रजुनोभको अभिनय रहने बताईएको छ ।

एक्सन थ्रिलर र कमेडीको समिश्रण रहने यस चलचित्रका निर्माता डम्बर बहादुर चन्द, सह निर्माता इन्द्र प्रसाद खरेल, कार्यकारी निर्माता सहदेव गौतम र प्रस्तुतकर्ता जानुका कंडेल रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu