मलाई टाइगर श्रफसँग तुलना गर्नु राम्रो होइन: आर्यन



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘के म तिम्रो होइन र’ बाट डेब्यू गरेका नायक आर्यन अधिकारीले आफुलाई टाइगर श्रफसँग तुलना गर्नु राम्रो नभएको बताएका छन् । ‘अहिले धेरैले तपाईलाई टाइगर श्राफ पनि भनि रहेका छन् । ज्यान उस्तै उस्तै भएर हो ?’ भन्ने प्रश्नमा उनले उक्त जवाफ दिएका हुन् ।

आर्यनले भने, ‘सायद उस्तै उस्तै देखिएर होला मान्छेहरुले त्यस्तो भन्नु भएको । यो राम्रो कुरा त होइन कोहिासाग दाँज्नु तर कसैलाई लाग्छ भने त त्यसमा मेरो भन्नु के नै छ र ?’ । उनले सिक्स प्याक सहितको आकर्षक शरीर चलचित्रमा देखाएका छन् ।

k-ma-timro

उनले चलचित्रको लागि तयार हुन मात्रै आफुलाई ७ महिना लागेको बताए । लामो समयदेखी रेगुलर एक्सरसाइज गरिरहेका आर्यनले चलचित्रको लागि नै सिक्स प्याक बनाएका थिए । उनले थपे, ‘शरिर बनाउनु भनेको तपश्या गरे जस्तै हुन्छ । त्यसका लागि जिममा मात्र गएर शरिर बन्दैन’ ।

चलचित्र ‘के म तिम्रो होइन र’ बैशाख ३१ गते रिलिज हुँदैछ । आकाश अधिकारी निर्देशित चलचित्रमा उनको साथमा मरिस्का पोखरेल पनि अभिनयमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu