‘पलाँस’ छायांकन सकियो, रेखाको अलग अवतार



rekha-thapa-palas

ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठको पहिलो साताबाट सुरु भएको नेपाली चलचित्र ‘पलाँस’को छायांकन सकिएको छ । निर्मात्री कृषा चौलागाईँका अनुसार ३२ दिन लगाएर चलचित्रको छायांकन गरिएको हो । ‘पलाँस’मा रेखा थापाको मूख्य भूमिका रहनेछ ।

निर्मात्री कृषाले भनिन्-‘नायिका रेखा थापालाई दर्शकले नयाँ अवतारमा देख्नुहुनेछ । ‘पलाँस’मा जस्तो भूमिका अहिलेसम्म रेखाले गरेकी छैनन् । हामी चाडै नै फस्टलुक मार्फत यो कुरा सार्वजनिक गर्नेछौँ’ । चलचित्रमा रेखा थापाको साथमा कामेश्वर चौरासिया, अयुब केसी मुख्य भूमिकामा छन् ।

सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu