हाँस्यकलाकारका घेरामा दुई नायिका (भिडियो)



laljodi-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
रंगपत्रकार लक्ष्मण सुवेदीले निर्देशन गरेको नेपाली चलचित्र ‘लालजोडी’को गीत सार्वजनिक भएको छ । ‘आज त क्या ब्यूटी’ बोलको गीतमा हाँस्यकलाकारहरु तथा दुई नायिका देखिएका छन् ।

यो चलचित्रमा ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, बुद्दी तामांग लगायतका अभिनयमा छन् । सार्वजनिक गीतमा राजेश पायल राई र मनिषा पोखरेलको स्वर रहेको छ । दिनेश सुबेदीले रचना गरेको गीतमा टंक बुढाथोकीले संगीत दिएका छन् ।

यो चलचित्र भदौ १७ गतेबाट देशभर प्रदर्शनमा आउने छ । चलचित्रमा अधिकांश हाँस्य कलाकारलाई अभिनय गराइएको छ । सुवेदीकै लेखन, निर्माण र निर्देशनमा बन्ने लालजोडीको गीतमा राजेशपायल राई, मनिषा पोखरेल, रेखा थापा, प्रलाद तिमल्सिना, युवराज चौलागाईंको आवाज रहेको छ । ‘लालजोडी’मा रामेश्वर कार्कीको छायांकन रहेको छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu