दयाहाङ् र नम्रता उत्कृष्ट नायक-नायिका, ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र



Dayahang-and-namrata
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बर्ष २०७२ को राष्ट्रिय चलचित्र पुरस्कारमा दयाहाङ् राई उत्कृष्ट अभिनेता र नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री भएका छन् । बिहिवार राष्ट्रपति भवन महाराजगञ्जमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुरस्कार प्रदान गरिन् ।

राई ‘कबड्डी कबड्डी’ र श्रेष्ठ ‘क्लासिक’बाट उत्कृष्ट भएका हुन् । त्यस्तै, ‘पशुपति प्रसाद’का निर्देशक दिपेन्द्र के खनाल उत्कृष्ट निर्देशक भए भने ‘पशुपति प्रसाद’ उत्कृष्ट चलचित्र बन्यो । यो चलचित्र बिशेष चलचित्र पनि हो । साथै यसै चलचित्रबाट खगेन्द्र लामिछानेले उत्कृष्ट लेखनको पुरस्कार प्राप्त गरे ।

नव निर्देशक ‘ड्रिम्स’ निर्देशक भुवन केसी बने भने उत्कृष्ट छायाँकार ‘ड्रिम्स’बाट नै पुरुषोत्तम प्रधान र सञ्जय लामा बने । ‘क्लासिक’ सम्पादक सुरेन्द्र पौडेलले उत्कृष्ट सम्पादकको पुरस्कार प्राप्त गरे । आदिवासी जनजाति विधामा अभियान फिल्मसको ‘यूम्पो देउराली’ उत्कृष्ट बन्यो ।

साथै, राष्ट्रपति भण्डारीको हातबाट बरिष्ठ चलचित्रकर्मी बसुन्धरा भुसाललाई ‘दिर्घ साधना सम्मान २०७२’ प्रदान गरियो । सम्मान स्वरुप भुसाललाई ३ लाख ५१ हजार नगद दिईएको थियो । पुरस्कृत चलचित्रकर्मीलाई भने ट्रफि र प्रमाणपत्र मात्र दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu