कान्छा निर्देशकले बनाउने भए ‘हैरान’ | सौगात भन्छन्, पहिलो भन्दा यो राम्रो’ (भिडियो)



Saugat-Bista-2nd-film

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गिनिज बुक अफ वर्ल्ड रेकर्डमा विश्वकै कान्छा निर्देशकको रुपमा नाम दर्ता गराउन सफल नेपाली निर्देशक सौगात बिष्टको दोश्रो चलचित्र ‘हैरान’ घोषणा भएको छ ।

भदौबाट छायांकन सुरु हुने यो चलचित्रको शुक्रवार बिहान राजधानीाम औपचारिक घोषणा गरिएको हो । यो चलचित्र कमेडीसँगै एक्सन, थ्रिलर र क्राइमको वरिपरी ‘हैरान’ घुम्ने छ । चलचित्रमा गजित बिष्ट, निश्मा घिमिरे, आँचल शर्मा, पुस्कर रेग्मी, सत्यराज आचार्य, सलिन बस्नेत, शिशिर भण्डारी, निर्मल शर्मा लगायतको प्रमुख अभिनय रहनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक बिष्टले पहिलो चलचित्र ‘लभ यू बाबा’ भन्दा पनि उत्कृष्ट बनाउने दाबी गरे ।

सम्झना पोखरले कार्यकारी निर्माता रहेको यो चलचित्रका प्रस्तुतकर्ता मुक्ति घले हुन् भने निर्माताहरु मोहनकृष्ण श्रेष्ठ र डा. वाईएल लामा हुन् । यो चलचित्रलाई गम्भिर बिष्टले लेखेका हुन् । दिव्य सुवेदीले छायांकन गर्ने यो चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, सत्य-स्वरुपको संगीत तथा प्रितम पाण्डेको सम्पादन रहनेछ ।

चलचित्रमा प्रतियोगिताबाट बाल कलाकार छानिने छ, जसका लागि ८ देखि ११ बर्षका बालिकाले प्रतियोगितामा भाग लिन पाउनेछन् । त्यस्तै, यसै चलचित्रले कक्षा ४ देखि १० सम्म अध्ययनरत विद्यार्थीबीच चित्रकला प्रतियोगिता र वादविवाद प्रतियोगिता पनि घोषणा गरेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu