ठुलोपर्दा डटकम, काठमाण्डौ।
संगीतकार अर्जुन पोखरेलले इतिहास रचेका छन् । संगीतकार पोखरेलले संगीत गरेका छ वटा गीतले एउटै मञ्चमा अवार्ड जितेका हुन् ।
बिहिवार सम्पन्न ‘पाँचौं म्युजिक खबर म्यूजिक अवार्ड’मा प्रेमगीत’को ‘म यस्तो गीत गाउँछु’बाट संगीतकारको अवार्ड हात पारे । सोही गीतवाट अन्जु पन्तले गायिकाको अवार्ड पाइन् । उनकै संगीत रहेको चलचित्र ‘प्रेमगीत’को अर्को गीत ‘म त अलपत्र पर्छु’वाट सत्यराज आचार्यले गायकको अवार्ड पाए साथै सोही गीतवाट डा.कृष्णहरि बरालले उत्कृष्ट गीतकारको अवार्ड पाए ।
त्यस्तै, पप गायन महिलामा अर्जुनको संगीतामा दुर्गा खरेलले ‘काले काले केटाले’बाट अवार्ड पाइन् । गत ‘बर्षको पपुलर गीत’तर्फ प्रमोद खरेलले ‘ओई झुमा झुम्कावाली’वाट अवार्ड पाए, यसमा पनि अर्जुनको नै संगीत छ ।
अर्जुनले हालसम्म ४१ चलचित्रमा संगीत दिएका छन् भने २५० भन्दा बढी आधुनिक र पप गीतमा संगीत दिएका छन् ।