बर्षाको फोटो पत्रिकामा आउँदा प्रेमिसँग ब्रेकअप (भिडियो)



barsha-siwakoti-tadha-tadha

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक सुरेश रानाको पप गीत ‘टाढा टाढा जाँदै छु’को भिडियो सार्वजनिक भएको छ । राजेन्द्र भट्टले निर्देशन गरेको भिडियोमा बर्षा सिवाकोटी र सन्तोष कुमारको अभिनय छ । भिडियोमा पत्रिकामा प्रेमिकाको ब्लोअप फोटो छापिएको बिषयमा झगडा परेपछि प्रेम टुटेको कथा पाईन्छ ।

भिडियोका छायाँकार उत्सव दाहाल हुन् भने सम्पादन निशान घिमिरेले गरेका छन् । निर्देशक भट्टका अनुसार यो गीत तयार पार्न दुई दिन छायांकन गरिएको हो । भिन्न-भिन्न लोकेशनमा खिचिएका कारण समय लम्बिएको उनले बताए ।

यो गीत मार्फत करिब चार बर्षपछि सुरेश गायनमा फर्किएका हुन् । सुरेशले भनेका छन, ‘चार बर्षपछि ग्राण्ड इन्ट्री चाहिएकोले उत्कृष्ट भिडियोआवश्यक थियो, जुन पुरा भएको छ’ । यो गीताम पञ्जाबी संगीतकार आर बिको संगीत रहेको छ । भारतमा बस्दै आएका सुरेशले पञ्जाबमा नै अडियो तयार पारेका थिए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu