इमान्दार प्रहरी बनेर फर्किए बिराज (भिडियो)



biraj-bhatta-Jai-Parshuram

ठुलोपर्दा डटकम, काठमाण्डौ।
झण्डै पाँच बर्षपछि नेपाली चलचित्रमा आएका बिराज भट्टको चलचित्र ‘जय पर्शुराम’को ट्रेलर रिलीज गरिएको छ । राजधानीमा एक कार्यक्रम आयोजना गर्दै चलचित्रका प्रमूख कलाकारहरु बिराज भट्ट र निशा अधिकारीको उपस्थितीमा ट्रेलर सार्वजनिक भएको हो ।

रोज राणाले पहिलोपटक निर्देशन गरेको यो चलचित्रमा बिराजलाई इमान्दार प्रहरी अधिकृतको भूमिकामा देख्न सकिनेछ । उपमा केसी कार्यकारी निर्माता रहेको यो चलचित्रमा मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राणा र रुपम राणा निर्माता रहेका छन् ।

मौनता श्रेष्ठको लेखन रहेको ‘जय पर्शुराम’मा एनबि महर्जनको एक्शन रहेको छ । महेश खड्काको संगीत छ भने रामेश्वर कार्कीको छायांकन र सुवास देवकोटाको सम्पादन रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu