दिनेशको फिल्ममा फेरी आर्यन र नम्रता



dinesh-raut-new-film

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक दिनेश राउतको पछिल्लो चलचित्र ‘क्लासिक’ हो । यो चलचित्रले व्यापार र चर्चा दुवैमा सफलता हासिल गर्‍यो । चलचित्रका नायिक-नायिका सहित बिभिन्न पक्षले पुरस्कार समेत जितिरहेका छन् ।

निर्देशक दिनेशले फेरी अर्को चलचित्र बनाउँदैछन् । अनटाइटल्ड उक्त प्रोजेक्टमा फेरी पनि आर्यन र नम्रता अनुबन्धित भएका छन् । उनले क्लासिक अगाडी नोभेम्वर रेनमा पनि आर्यन नम्रतानै रोजेका थिए । त्यो भन्दा अघि ‘आईएम सरी’मा भने आर्यनसँग केकी अधिकारीको जोडी बाँधेका थिए ।

‘नोभेम्बर रेन र क्लासिक’मा लगातार यो जोडी हिट भएपछि उनले ह्याट्रिकको मेसो निकालेका हुन् । स्मरण रहोस् आर्यन र दिनेश बच्चैदेखिका साथी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu