पल र आँचलको ‘जोनी जेन्टलम्यान’ घोषणा



Johny-Gentleman-announce1

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मोडल तथा नायक पल शाहको दोश्रो चलचित्र ‘जोनी जेन्टलम्यान’को औपचारिक घोषणा गरिएको छ । बुधवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पल र आँचल शर्माले दोश्रो पटक रोमाञ्स गर्ने यो चलचित्रको घोषणा गरिएको हो ।

यो चलचित्रलाई चर्चित म्यूजिक भिडियो निर्देशक नितिन चन्दले निर्देशन गर्नेछन् । घोषणा कार्यक्रममा नायक शाहले ‘जोनी जेन्टलम्यान’ एक फरक कथामा बन्न लागेको चलचित्र भएको बताए । उनले यो चलचित्रमा आफुले पनि केहि फरक गर्ने कोशिस गर्ने बताए ।

Johny-Gentleman-announce2

नायिका आँचल शर्माले आफु पुन: पलसँग अभिनय गर्न पाउँदा खुशी रहेको बताइन् । उनले यो चलचित्रमा आफुले दुई सय प्रतिशत रिजल्ट दिने बताइन् । निर्देशक चन्दले एउटा पात्रको परिवर्तनलाई चलचित्रमा देखाउने बताए । उनले चलचित्रमा जोनी कसरी जेन्टलम्यान बन्छ भन्ने देखाउन लागेको बताए ।

चलचित्रमा हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको छ । प्रशान्त तामाङको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu