ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित हाँस्यकलाकार तथा चलचित्र निर्देशक दीपाश्री निरौलाले मंगलवार आफ्नो ४२औँ जन्मदिन मनाएकी छिन् । गाईजात्रा पर्वको अवसरमा राजधानीको प्रज्ञा प्रतिष्ठानमा चलिरहेको गाईजात्रा महोत्सव स्थल परिसरमा कलाकार, शूभचिन्तक तथा मीडियासामु उनले केक काटेर जन्मदिन मनाएकी हुन् ।
साथै उनि र उनका सबैभन्दा नजिकका साथी दीपकराज गिरीले पढाउँदै आएका केहि विपन्न बालबालिका समेत जन्मदिनको कार्यक्रममा आएका थिए ।
उक्त अवसरमा उनले आफ्ना केहि पुराना कुराहरु खोलेकी छिन् । उनले बिहानै दीपकराजले जन्मदिनको शूभकामना सहित लेखेका शब्दले आफुलाई रुवाएको बताईन् । शूभकामना सन्देशमा दीपकले आफु लड्दा कहिल्यै साथ नछोडेकी साथी जस्ता कुराहरु उल्लेख गरेका थिए । दीपाले पनि दीपकले आफुलाई उत्तिकै साथ दिएको बताइन् ।
दीपाले करियरको शुरुवातमा नाटक बोलेर रेडियो नेपालले दिने १०० रुपैँयाबाट २५ को खाजा खाएको जस्ता कुराहरु सम्झना गरिन् । उनले आफु कलिलै हुँदा गुमेकी आमालाई सम्झेर भावुक बनिन् । ४२ बर्षकै उमेरमा उनको आमाको निधन भएको थियो । दीपाले आफ्नो यो उचाई आमालाई देखाउने रहर अधुरै रहेको गुनासो समेत पोखिन् ।
साथै उनले आफ्नो जन्म यसपालीको भदौ महिनामा दुई पटक हुने बताईन् । अर्को जन्मदिन भदौ २४ मा हुने बताउँदै उनले आफ्नो निर्देशनको पहिलो चलचित्र रिलीजको दिन अर्को जन्म हुने बताएकी हुन् । उनि निर्देशित ‘छक्का पञ्जा’ भदौ २४ मा रिलीज हुँदैछ ।
हेर्नुहोस् जन्मदिन बिशेष कुराकानी:
दीपाले यसरी मनाईन् आफ्नो ४२औँ जन्मदिन: