‘अकिरा’को लागि निकै पापड बेल्नुपर्‍यो: सोनाक्षी



Sonakshi-Sinha_TP

यस्ता निकै कम कलाकार हुन्छन् जसलाई बलीउडमा कदम राख्नको लागि ‘पर्फेक्ट लन्चिंग’ मिल्छ । सोनाक्षी सिन्हा उनै कम कलाकार मध्ये एक हुन् जसलाई भाईजान सलमान खानको अपोजिट बलीवुडमा ब्रेक मिलेको थियो ।

‘दबंग’बाट बलीवुडमा पहिलो पटक कदम राखेकी सोनाक्षी सिन्हाले फिल्ममा सलमान खानकी प्यारी बनेर लाखौँ मानिसको दिलमा बसेकी थिईन् । मात्र छ बर्षमा नै सोनाक्षी बलीउडमा केहि दिग्गजका साथ काम गरिसकेकी छिन् । साथै १०० करोडको आँकडा पार गरेका ठुला चलचित्रकी हिस्सा समेत सोनाक्षी भईसकेकी छिन् ।

तर, पछिल्ला करीब दुई बर्षदेखी सोनाक्षीलाई एक हिटको पर्खाई छ । शायद यही कारणले सोनाक्षी अब निकै सावधानी सहित फिल्म छानिरहेकी छिन् । फिल्म ‘अकीरा’बाट एक्शन हीरोईनको नयाँ परिभाषा लेख्न गईरहेकी सोनाक्षी पहिलो पटक फिल्मको लागि फरक अन्दाजमा देखिनेछिन् । ‘अकीरा’मा आफ्नो रोलको लागि उनले निकै मेहनत गरेकी छिन् ।

मोटोपनबाट सँधै समस्यामा रहने सोनाक्षीले ‘अकिरा’को लागि कडा तालिम लिएकी थिइन् जसको कारण उनि चलचित्रमा फिट देखिएकी छिन् । उनले भनेकी छिन्, ‘यस रोलको लागि मैले निकै पापड बेल्नु पर्‍यो । निकै मेहनत गरेँ । शूटिंग शुरु हुनुभन्दा चार महीना अगाडी देखी नै मैले मिक्स्ड मार्शल आर्टमा तालिम लिनुपरेको थियो’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu