ठुलोपर्दा डटकम, काठमाण्डौ।
गरिबीको पीडामा आफ्नै शरीर चिरेर मिर्गौला बेच्नेहरुको गाउँ ‘होक्से’मा छायांकन गरिएको लघु चलचित्र ‘होक्से’ यूट्युबमा आएको छ ।
गरिबी र अशिक्षाको कारण मृगौला बेच्ने गाउँलेको एक जीवन्त कथामा बनेको ‘होक्से’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठको अभिनय छ । साथमा सञ्चारकर्मी प्रेम बानियाँ पनि छन् ।
यो चलचित्रलाई बिम्म अधिकारीको कथामा प्रसन्न पौडेलले निर्देशन गरेका हुन् । बिदुर पाण्डेले छायांकन गरेको चलचित्रका निर्माता तथा गीतकार क्रिश रिजाल हुन् ।
‘होक्से’ हेर्नुहोस्: