कृतिले शुरु गरिन् नयाँ व्याबसाय



kriti-cafe

ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि बर्ष अगाडीदेखी चलचित्र अभिनयबाट टाढिएकी सञ्चारकर्मी कृति भट्टराईले नयाँ व्याबसाय शुरु गरेकी छिन् । उनले बानेश्वरको थापागाउँमा एक क्याफे शुरु गरेकी हुन् ।

उनको क्याफेको नाम एस्प्रेसो अर्गानिक क्याफे हो, जहाँ बिभिन्न स्वादमा अर्गानिक नेपाली कफी तथा फुड आईटम पाईनेछन् । शनिवार अभिनेत्रीद्वय रेखा थापा र दीपाश्री निरौला साथै महिला राजनीतिज्ञ रामकुमारी झाक्री र लक्ष्मी खतिवडाले क्याफे उद्घाटन गरेका थिए । साथै, अन्य थुप्रै नेपाली सेलिब्रेटीहरु समेत उद्घाटनमा उपस्थित थिए ।

kriti-cafe1

कफीकी पारखी कृतिले संयुक्त लगानीमा क्याफे व्याबसाय शुरु गरेकी हुन् । उनले जाभाको फष्ट ब्याचका नेपाली स्टुडेन्ट तथा कफी बिशेषज्ञ मान बहादुर श्रेष्ठसँग लगानीमा सहकार्य गरेकी हुन् ।

कृतिका अनुसार एस्प्रेसो अर्गानिक क्याफेमा नेपाली कफीको मात्र प्रयोग हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu