चलचित्र ‘तुईन’ टीजर सार्वजनिक (भिडियो)



tuin-teaser

ठुलोपर्दा डटकम, काठमाण्डौ।
केहि बर्ष पहिले स्कुल पढ्न जाँदै गर्दा त्रिशुली नदिमा प्रयोग गरिएको तुईन चुडिएर धेरै बालबालिकाले ज्यान गुमाएका थिए । नदिमा खसेका मध्ये बाँच्न सफल एक जना किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर चलचित्र बनेको छ ।

‘तुईन’ नामक उक्त चलचित्रको टीजर रिलीज गरिएको छ । उत्वस थपलियाको निर्देशनमा तयार भएको चलचित्रमा धादिङ तथा गोरखा जिल्लाका बासिन्दाले झेलिरहन परेको तुईन समस्यालाई चलचित्रमा उतारिएको छ ।

चलचित्रका लेखक मोहन गेलालले मान्छेको सपनाहरुलाई तुईनको डोरीसँग जोडेर तयार पारिएको कथा नै तुईनको मुख्य विषय रहेको बताए । शुरेषको साथमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया लिड अभिनयमा छन् ।

फिल्मलाई अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले निर्माण गरेकी हुन् । नेपाली समाजको एक यथार्थ कथा पाएसँगै त्यसलाई पर्दामा उतार्नु आवश्यक देखेकै कारण फिल्ममा निर्माणको लागी जुटेको निर्मात्री सृजना बताउँछिन् ।

पछिल्लो समय फिल्ममा ग्ल्यामरस मात्र बढ्दैगर्दा सामाजिक विषयवस्तुहरु पछि परेको भन्दै यो प्रकारको वास्तविक कहानीलाई बाहिर ल्याउन आवश्यक देखेकै कारण तुईन बनेको उनको भनाई छ ।

फिल्मको परिकल्पना अञ्जना वस्नेतको हो । आङछेन लामाले खिचेको फिल्ममा संगीत सुरेश अधिकारीको छ ।

टीजर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu