नयाँ बर्षमा दिपेन्द्रको ‘लभ लभ लभ’



swastima-and-suraj-love-love-love

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्देशक दिपेन्द्र के. खनालको नयाँ चलचित्र ‘लभ लभ लभ’ २०७४ सालको बैशाख १ गतेबाट प्रदर्शनमा आउने भएको छ । उक्त दिन शूक्रबार नै परेकोले नयाँ बर्षको दिन चलचित्र रिलिजको लागि उत्तम रहेको छ । नयाँ बर्षलाई चलचित्रको व्यापारिक दृष्टिकोणमा राम्रो मानिन्छ ।

लभस्टोरी बेस्ड ‘लभ लभ लभ’मा होस्टेल रिटर्न्स फेम एक्ट्रेस स्वस्तिमा खड्का, न्यूकमर एक्टर सुरज पाण्डे, चर्चित अभिनेताहरु रमेश वुढाथोकी, देशभक्त खनाल, ए गुरुङ लगायतका कलाकारको अभिनय रहने छ । चलचित्रको छायांकन एक गीत छोडेर २२ दिनमा पुरा भएको थियो । निरज कँडेलले छायांकन गरेको यो चलचित्रको बाँकी गीत छिट्टै खिचिने बताईएको छ ।

swastima-khadka-love-love-love

यो चलचित्रलाई सुरज सिने आर्टस्को ब्यानरमा शर्मिला पाण्डेले बनाएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu