‘द फेमस’को ‘जुन मनले …’ गीत सार्वजनिक (भिडियो)



the-famous-sentimental-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र द फमेसको सेन्टिमेन्टल गीत ‘जुन मनले …’ सार्वजनिक भएको छ ।

गीतमा शब्द यस चलचित्रका निर्देशक समीर बलामीका र संगीत सन्तोष प्रगाढको रहेको छ । गीतलाई सुधिर श्रेष्ठले निर्देशन गरेका छन् । गीतमा प्रमोद खड्का, सोनीया जिआर, सविना कार्की, रश्मी भट्ट र सुमन थापालाई देखाईएको छ ।

कार्तिक १९ गतेबाट देशव्यापी रुपमा प्रदर्शन हुन लागेको यो चलचित्रमा चार गीत समावेश छन् । सार्वजनिक हुन बाँकी रहेका दुई गीत र ट्रेलर छिट्टै सार्वजनिक गरिने बताईएको छ ।

वियोग प्रेम कहानीमा बनेको यो चलचित्रलाई सञ्चारकर्मी समीर बलामीले निर्देशन तथा निर्माण गरेका छन् ।

चलचित्रमा सुरेश चौधरी, सुरवि जैन विष्ट, प्रभात बलामीको पनि अभिनय रहेको छ । बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्मका सह-निर्माता अनिल महर्जन हुन् । चलचित्रमा टंक बुढाथोकीको संगीत र सुरेश चौधरीको नृत्य पनि समावेश छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu