अल टाइम हिट ‘छक्का पञ्जा’: १२ करोड माथीको व्यापार



chhakka-panja-all-time-hit

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘छक्का पञ्जा’ले रिलीजको ३६ दिन पुग्दा १२ करोडको व्यापार गर्दै ‘अल टाइम हिट’मा कब्जा जमाएको छ ।

दीपाश्री निरौला निर्देशित यो चलचित्रले आजसम्म प्रदर्शन भएका सम्पूर्ण नेपाली चलचित्रहरुक व्यापारको रेकर्ड तोडेको छ । ‘छक्का पञ्जा’ हेर्न हलमा दर्शकको कमि महशुस भएको छैन । यसअर्थमा यो चलचित्रको व्यापार कतिमा टुंगो लाग्छ अनुमान गर्न सकिँदैन ।

यसअघि २ बर्ष पहिले स्व. नायक श्रीकृष्ण श्रेष्ठको अन्तिम चलचित्र ‘कोहिनुर’ले अप्रत्याशित रुपमा ११ करोडको व्यापार गर्दै सर्वाधिक व्यापारिक चलचित्र बनेको थियो । कोहिनुरको उक्त व्यापार विश्वव्यापी थियो भने छक्का पञ्जाको व्यापार नेपाल भित्रको मात्र हो ।

छक्का पञ्जाको नेपाल बाहिरको प्रदर्शन अधिकार तथा डिजिटल अधिकार हाईलाइट्स नेपालले लिएको थियो । नेपालको व्यापारको अवस्था हेर्दा हाइलाइट्स नेपालले पनि ओभरसिज रिलीजबाट मनग्गे फाईदा गर्ने अनुमान गर्न सकिन्छ ।

चलचित्र ‘छक्का पन्जा’ले रिलिजको छैठौ हप्तासम्म आईपुग्दा काठमाण्डौमा ७ करोड र मोफसलमा ५ करोड माथिको व्यापार गरेको वितरकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu