पोर्न फिल्म मात्र अर्गानिक हुन्छन्: निखिल



nikhil

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित नेपाली नायक निखिल उप्रेतीले आफ्नो नयाँ चलचित्र ‘रुद्र’ घोषणा कार्यक्रममा एउटा बक्तव्य दिएका छन्, जसका कारण उनि चर्चामा छाएका छन् ।

उनलाई तपाईँको चलचित्र अर्गानिक हो त ? भनेर सोधिएको प्रश्नमा जवाफ दिँदै ‘अर्गानिक चलचित्र पोर्न मात्र हुन्छ’ भनेका थिए । उनले भने, ‘पोर्न चलचित्र मात्र अर्गानिक हुन्छ । जसमा कुनै कृत्रिम भन्ने कुरा हुँदैन । लगाउनु पर्ने कपडा पनि हुँदैन । जति पनि त्यहाँ खेल हुन्छन्, सबै प्राकृतिक हुन्छन् । तर, मेरो चलचित्र कृत्रिम छ । ‘रुद्र’ अर्गानिक होइन ‘

निखिल उप्रेती आँफैले निर्माण गर्न लागेको यो चलचित्र सोमवारबाट नै फ्लोरमा गईसकेको छ । रामजी लामिछाने निर्देशन गर्ने यो चलचित्र प्रेमकथामा बन्ने निखिलले बताए । यो चलचित्रमा निखिल खलपात्रको रुपमा देखिनेछन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu