हिरो भन्दा अग्ली भएकै कारण फिल्म नपाउने नायिकाहरु



shilpa-shetty-sonali-bendre-and-sushmita-sen

आज मोडलिंग तथा अभिनयमा करियर बनाउन लुक्स साथमा हाइट-पर्सनालिटी हुनु समेत जरुरी छ । आजकल बलीउडमा धेरै कलाकार अग्ला कदका छन् जससमा, दीपिका पादुकोण, सोनम कपूर, कैटरीना, कैफ, सोनाक्षी सिन्हा, अनुष्का शर्मा जस्ता नायिकाहरुको नाम अगाडी आउँछ । तर, बलीउडमा १९९०-२००० को दशकमा अग्ला कद भएका नायिकाले अवसर पाएनन् किनकी हिरो होँचा हुन्थे ।

यि केहि नायिकाहरु आफु अग्लो हुनुमा नै भाग्य खराब महशुस गर्थे:
पूजा बत्रा
उचाई: ५.९ फीट
‘विरासत’ फिल्मबाट चर्चामा आएकी नायिका पूजा बत्राले एकपटक भनेकी थिइन् कि अग्ली भएकै कारण आफुसँग काम गर्न कोहि तयार हुँदैनन् ।

सुष्मिता सेन
उचाई: ५.९५ इञ्च
मिस यूनिभर्स सुष्मिताले आँफैले यो कुरा खुलाईन कि फिल्म ‘मैंने प्यार क्यों किया’को समयमा सलमान खान (५.७) भन्दा बढि उचाई हुनुको कारण नै शूटिंगमा उनले धेरै कठिनाई भोग्नुपरेको थियो ।

शिल्पा शेट्टी
उचाई: ५.८५ फीट
शिल्पा शेट्टी आजकल भलै बलीवुडकी ग्ल्यामरस मम्मी हुन्, करियरको शुरुआती दिनमा उनको गन्ती कहिल्यै उत्कृष्ट कलाकारमा आएन । यसको एक कारण उनको उचाई हो । त्यो समयका शाहरुख, सलमान र गोविन्दा जस्ता कलाकारहरु उनिभन्दा होँचा छन् ।

सोनाली बेन्द्रे
उचाई: ५.८५ फीट
बिहेपछि फिल्मबाट टाढिएकी सोनाली पनि यो कुरा मान्छिन् की अग्ली भएकै कारण उनले फिल्म पाउँदनिथिन् । फिल्मबाट टाढा रहेपनि उनि बिभिन्न कार्यक्रममा निर्णायक बनिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu