यस्तो छ शाहरुखको दिल्ली देखी बलीउडको यात्रा



shaharukh-bday

बलीवुडका बादशाहका रुपमा परिचित शाहरुख खान बुधवारदेखी ५१ बर्षमा प्रवेश गरेका छन् । यहि अवसरमा हामी प्रस्तुत गर्दैछौँ शाहरुखको दिल्ली देखी मुम्बईसम्मको यात्रा:

१.शाहरुखको जन्म २ नोभेम्वर १९६५ मा भारतको राजधानी दिल्लीमा भएको थियो ।

२. उनलाई ‘बादशाह’ र ‘किंग खान’को नामले समेत पुकारिन्छ ।

३. शाहरुख बालापन देखी नै कलाकारितामा झुकाव राख्थे । केहि चर्चित कलाकारको अभिनय देखाएर स्टेजमा निकै तारिफ पाउँथे ।

४. बालापनमा अभिनेत्री अमृता सिंह उनकी साथी थिइन्, जसले पछि मुम्बई आएर फिल्ममा काम गरिन् ।

५. शाहरुखले अभिनयको शिक्षा ‘बेरी जोन’को एकेडेमीबाट लिएका हुन् ।

६. दिल्लीको हंसराज कलेजबाट ब्याचलर गरेका शाहरुखले जामिया मिलिया यूनिभर्सिटीबाट मास्टर्सको पढाई शुरु गरेका थिएए तर अभिनयमा लागेपछि बीचमा नै पढाई छोडेका थिए ।

७. शाहरुखले ६ बर्षको रिलेशनपछि छिब्बर (गौरी खान)सँग २५ अक्टुबर १९९१ मा विवाह गरेका हुन् र उनका तीन सन्तान छन्, छोरा आर्यन, छोरी सुहाना र छोरा अबराम ।

८. शाहरुखले शुरुवाती दिनमा ‘सर्कस’ र ‘फौजी’ जस्ता सिरियलमा काम गरेका थिए । पछि मुम्बई आएर हेमा मालिनीको निर्देशनमा बनेको पहिलो फिल्म ‘दिल आशना है’बाट फिल्म अभिनय शुरु गरेका हुन् ।

९. शाहरुखले ‘डर’ ‘बाजीगर’ ‘दिलवाले दुल्हनिया ले जाएंगे’, ‘देवदास’ ‘कभी हां कभी ना’, ‘करन अर्जुन’, ‘कुछ कुछ होता है’, ‘कभी खुशी कभी गम’ ‘चक दे’ ‘चेन्नई एक्सप्रेस’, हैप्पी न्यू ईयर’ तथा ‘दिलवाले’ जस्ता साठी बढि फिल्ममा अभिनय गरेका छन् । आगामी बर्ष उनको ‘रईस’ रिलीज हुँदैछ ।

१०. फिल्मको साथ-साथ टिभिको दुनियामा समेत ‘केबीसी’ तथा ‘जोर का झटका’ जस्ता शोको होस्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu