राधाको व्यापारिक दौड: ६ दिनमा ७१ लाख ८० हजार



radha-new

ठुलोपर्दा डटकम, काठमाण्डौ।
जीवन लुईँटेल तथा सञ्चिता लुईँटेल स्टारर नेपाली चलचित्र ‘राधा’ले ६ दिनमा ७१ लाख ८० हजार कारोबार गरेको बताईएको छ ।

चलचित्र यूनिटका अनुसार भाईटीकाको भोलिपल्ट अर्थात बुधबारबाट देशब्यापी कलेक्सनको दौडमा गति लिएको छ । गृह जिल्ला झापामा रहेका निर्देशक योगेश घिमिरेले सफलताको बाटोमा चलचित्र अघि बढेको भन्दै प्रतिक्रिया दिएका छन् ।

वितरक एफडि कम्पनीका एक सदस्य प्रदीप कुमार उदयले किस्मत २ पछि राधाको ब्यापार राम्रो देखिएको बताएका छन् । तिहारको छुट्टी भएता पनि दर्शक हलमा नजाने अवस्थाका वावजुद फिल्मले ६ दिनमा मोफसलका करिब २५ पर्दाबाट २७ लाख १३ हजार र राजधानीबाट ४४ लाख ६७ हजार कलेक्सन गर्दै कूल ७१ लाख ८० हजार ग्रस कलेक्सन गरेको हो ।

दुई वटा ठूला हिन्दी र एक नेपाली फिल्मसँगै रिलिज भएका कारण देशभर जम्मा ३५ वटा पर्दामा मात्र यो फिल्म लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu