इफोनमा १६ देशका ४६ फिल्म छानिए



iffon-press

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अखिल नेपाल चलचित्रकर्मी संघको आयोजनामा आगामी पुष २७ देखि माघ २ गते -११ देखि १५ जनवरी)सम्म प्रदेश नम्बर १ को मुख्य शहर धरानमा ‘अन्तर्राष्ट्रिय चलचित्र महोत्सब नेपाल-२०१७’ आयोजना गर्न लागिएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा सो जानकारी गराईयो ।

महोत्सब संयोजक एवं आयोजक सास्थाका संयोजक केपी पाठकले कार्यक्रममा भने,’सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले प्रमुख अतिथिको रुपमा यो महोत्सबको आगामी पुष २७ गते बिहान १० बजे धरानस्थित सभा गृहको प्रेक्षालयमा उद्घाटन गर्नुहुने छ । महोत्सव पााच दिनसम्म सोही हलमा सञ्चालन हुने छ ।’

संयोजक पाठकले भने,’मुलुक संघीयतामा गईसकेको बेला पनि प्राय जसो अवार्ड तथा अन्तराष्ट्रिय चलचित्र महोत्सबहरु काठमाडौंमा हुने गरेको यहााहरुलाई जानकारी नै छ । अरु प्रदेशका दर्शकलाई अन्तर्राष्ट्रिय चलचित्र हेर्ने अबसर जुटाउँदै विश्वका सिनेकर्मीसँग बहस गर्दै प्रादेशीक रुपमा चलचित्रको विकाशका लागि प्रोत्साहन मिलोस भन्ने हाम्रो चाहना हो ।’ पाठकले अगाडि थपे, ‘सोही कारण यस पटक हामीले प्रदेश नम्बर १ को मुख्य मध्यको शहर धरानमा पहिलो अन्तराष्ट्रिय चलचित्र महोत्सव आयोजना गर्न लागेका हौं । यसरी प्रदेश नम्बर १ बाट महोत्सव सुरु गरिएको यो महोत्सबलाई सात वर्ष भित्र ७ ओटै प्रदेशमा गर्ने लक्ष्य यस संघका रहेको छ ।’

अवार्डका निर्णयक एवं चर्चित अभिनेता राजेश हमालले यस्तो महोत्सबले अन्तराष्टिय चलचित्र संस्कृति आदन प्रदानमा सहयोग पुग्नुका साथै नेपाली पनि फिल्म हब बन्दै छ भन्ने सन्देश अन्तराष्टिय क्षेत्रमा जाने भनाई सो क्रममा राखे ।

अर्का निर्णायक एवं चलचित्र निर्देशक लक्ष्मीनाथ शर्माले यो महोत्सबले स्थानीय दर्शकलाई विश्वका सिनेमा बारे जानकारी गराउादै राम्रा र मौलिक सिनेमा हेर्न तथा निर्माण गर्न प्रेरित गर्ने भनाई सो कार्यक्रम राखे ।

आयोजक सास्थाका अनुसार महोत्सब गर्नुको मुख्य उदेश्य मौलिक, सार्थक, यथार्थपरक र कलात्मक फिल्मलाई प्रवर्धन गर्ने र यस्ता चलचित्रलाई मुलधारका चलचित्रसँग जोडेर अघि बढाउनु हो । सोही उदेश्य अनुसार महोत्सबका लागि विश्वका सिनेमा आहृवान गरिएको थियो ।
जस मध्यबाट २२ देशका लामा चलचित्र, बृत्तचित्र, कार्टुन चलचित्र, छोटा चलचित्र गरी २ सय १ ओटा सिनेमा प्राप्त भए । लेखक/निर्देशक/कलाकार सुभास गुजरेल, लेखक/निर्देशक/ पत्रकार डब्बु क्षेत्री र निर्देशक/पत्रकार एवं ध्वानी विज्ञ आलोक तिवारीको तीन सदस्यी प्रारम्भिक चयन समितिले लगातार डेढ महिना सिनेमा हेरेर २२ देश चलचित्र बाट अवार्डका लागि राम्रा चलचित्र छान्ने काम गरेको पत्रकार भेटघाटमा क्षत्रीले जानकारी गराए ।

जसमा नेपाल, चीन, भारत, बागलादेश, श्रीलाका, जापान, इरान, क्युवा, इजिप्ट, रुस, स्टोनीया, कजाकिस्तान, जर्मनी, मोन्टेनेग्रो र टर्की गरी १५ देशका ४६ ओटा सिनेमा प्रारम्भिक चयन समितिले छनौट गरेको छ । सो समिति चयन गरेका सिनेमाहरुमा फिचर फिल्म, सर्ट फिल्म, डक्युमेन्ट्री, डक्युड्रामा र कार्टुन फिल्म रहेका छन् । अन्तिम प्रतिस्पर्धाका लागि छानिएका चलचित्रहरु महोत्सबमा पाँच दिन प्रदर्शन गरिने छ । सो प्रतिस्पर्धाको लागि पाँच सदस्यीय अन्तिम निर्णायकहरु रहनु भएको छ । जसमा चीनका बरिष्ट चलचित्र निर्देशक सेई फी मुख्य निर्णायक रहनु भएको छ । बााकी निर्णायकहरुमा फ्रान्सका चलचित्र प्राध्यापक ड्रागन मिलिन कोभिक, नेपालका चर्चित अभिनेता राजेश हमाल, नेपालकै अग्रज चलचित्र निर्देशक लक्ष्मीनाथ शर्मा र भारतकी चलचित्र छायाँकार फाओजिया फथिमा रहनु भएको छ ।

महोत्सब संयोजक पाठकका अनुसार महोत्सबमा सहभागी सबै चलचित्रहरुले अवार्डको लागि प्रतिस्पर्धा गर्ने छन् । जस अन्तरर्गत नेपाल पानोरमा अन्तर्गत नेपाली चलचित्रहरुको मात्र प्रतिस्पर्धा हुनेछ भने अन्तराष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत नेपाल लगायत बााकी देशका सिनेमाहरुबीच प्रतिस्पर्धा हुनेछ । जसमा अवार्डहरु निम्न प्रकार रहनेछन् ।

नेपाल पानोरमा:
– बेस्ट फिचर फिल्मका लागि ५० हजार रुपैयाँको राशी र ट्रफी सहितको ‘श्रीजंगा अवार्ड’
– बेस्ट डक्युमेन्ट्रीका लागि ३० हजार रुपैयाँ राशी र ट्रफी सहितको ‘रामप्रसाद राई अवार्ड’
– बेस्ट सर्ट फिल्मका लागि ३० हजार रुपैयाँ राशी र ट्रफी सहितको ‘चतुरमान राजबंशी अवार्ड’
अन्तर्राष्ट्रिय प्रतिस्पर्धा:
– बेस्ट फिचर फिल्मका लागि १ हजार अमेरिकी डलर राशी र ट्रफी सहितको ‘गौतमबुद्ध बेस्ट फिचर फिल्म अवार्ड’
– बेस्ट डक्युमेन्ट्रीका लागि ५ सय अमेरिकी डलर राशी र ट्रफी सहितको ‘माउन्ट एभरेन्ट बेस्ट डक्युमेन्ट्री अवार्ड’
– बेस्ट सर्ट फिल्मका लागि ३ सय अमेरिकी डलर राशी र ट्रफी सहितको ‘रारा बेस्ट सर्ट फिल्म अवार्ड’

धरानमा महोत्सबको पाँचै दिन चलचित्र सम्बन्धित विभिन्न कार्याशाला, अन्तरक्रिया र मास्टर क्लास पनि सञ्चालन गरिने भएको छ । जस मध्य चिनका चलचित्र निर्देशक सेई फीले ‘सिनेमा फर पिपुल’ शिर्षकको मास्टर क्लास चलाउने हुनेछ । यस्तै फ्रान्सका चलचित्र प्राध्यापक ड्रागन मिलिन कोभिकले ‘थिएटर एन्ड एक्टिङ’ वर्कसप र भारतकी चलचित्र छायााकार फाओजिया फथिमाले ‘भिजुअल ल्यााग्वेज अफ सिनेमा’ वर्कसप सञ्चालन गर्नु हुने पनि संयोजक पाठकले जानकारी गराए ।

पाठकका अनुसार महोत्सवमा हरेक दिन अन्तरक्रिया कार्यक्रमहरु पनि आयोजना गरिंदैछ । जस अन्तर्गत ‘नेपाली सिनेमामा नेपाली समाजको प्रतिबिम्ब: यथार्थ र आवश्यकता’, ‘नेपाली चलचित्रकर्मीको समस्या’, ‘सिनेमा र राजनीति’, ‘सिनेमा समीक्षा’, ‘सिनेमा, नाटक र साहित्यको अन्तरसम्बन्ध’, ‘नेपाली सिनेमाको सौन्दर्य शास्त्र’ र ‘नेपालमा बृत्तचित्रको बर्तमान अबस्था समस्या र सम्भावना’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम गरिने छ ।

महोत्सब व्यबस्थापक राजु केसीले महोत्सबलाई सफल पार्न चलचित्र निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा प्रदेश नम्बर १ का चलचित्रकर्मी, विभिन्न संघ संस्था तथा नागरिक समाज र विज्ञ सहितको ४१ सदस्यीय स्थानीय व्यबस्थापक समिति गठन गरिएको छ । सो समितिले महोत्सबलाई भव्य र सभ्य पार्ने पनि व्यबस्थापक केसीले पत्रकार भेटघाटका क्रममा जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu