बैशाख २९ मा रोमियो आउने



romeo-date-final

ठुलोपर्दा डटकम, काठमाण्डौ।
शंकर कार्की निर्देशित नेपाली चलचित्र ‘रोमियो’को प्रदर्शन मिति तय भएको छ । एचआरके प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई आउँदो बर्षको वैशाख २९ रिलिज गर्ने तयारी गरिएको छ ।

निर्माता तथा नायक हसनराजा खानले रिलीज मिति तय भएको पुष्टी गरेका छन् । उक्त मितिमा अहिलेसम्म अन्य कुनै नेपाली चलचित्रको प्रदर्शन तय गरिएको छैन ।

प्रेम कथामा तयार भएको यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, मेलिना मानन्धर, ओसिमा बानु लगायतका कलाकारको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu