अभिनेता आयुष्मान र गायिका रेखा रोमान्टिक मुडमा (भिडियो)



aayushman-and-rekha

गायिका रेखा शाहको नयाँ गीत ‘तिमी बिना…’ को भिडियो सार्वजनिक भएको छ । आइतबार राजधानीमा एक कार्यक्रम गर्दै भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा कमल खत्रीको संगीत छ भने गीतका शब्दहरु गीतकार भूपेन्द्र खड्काले लेखेका छन् । भिडियोको निर्देशन नितिनकुमार चन्दले गरेका छन् । भिडियोमा अभिनेता आयुष्मान देशराज जोशीसँगै गायिका रेखा शाह आँफैले अभिनय गरेकी छिन् ।

सार्वजनिक गीतमा रेखासँगै गौरव डोगाउँकरको स्वर पनि रहेको छ । डोगाउँकर बलिउडका गायक तथा संगीतकार हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu