निर्माता संघको नेतृत्वमा आकाश, सबै पदमा सर्वसम्मत



nirmata-sangh

ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र निर्माता संघको नेतृत्वमा आकाश अधिकारी आएका छन् । उनि सर्वसम्मत विजयी बनेका हुन् । उनिसँगै संघको कार्यसमितिका सम्पूर्ण पदाधिकारी सर्वसम्मत बनेका छन् ।

शुक्रवार सम्पन्न संघको १४ औँ साधारण सभाबाट नयाँ कार्यसमिती चुनिएका हुन् । उपाध्यक्ष पदमा गोविन्द शाही र माधव वाग्ले चुनिएका छन् । केशव भट्टराइलाई वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ । सदस्य पदमा पनि ९ जना निर्विरोध नै भएका छन् । विधान संसोधन गरि, वरिष्ठ उपाध्यक्ष पद थपिएको छ भने सदस्य संख्या ११ जना पुर्‍याइएको छ ।

महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा, कोषाध्यक्षमा सुशिल पोख्रेल आएका छन् । सदस्यमा करिश्मा मानन्धर, रोहित अधिकारी, अर्जुन कुमार, निकिता पौडेल, दीपेन्द्र के खनाल, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा, रौनक विक्रम कँडेल निर्विरोध विजयी भएका छन् । निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ । साथै, अन्य २ जना सदस्य मनोनित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu