शनिवार तात्यो किंग



King-Business

ठुलोपर्दा डटकम, काठमाण्डौ।
बिहीवारबाट प्रदर्शनमा आएका तीन नेपाली चलचित्रहरुको शुरुको दिनको व्यापार सखद रहेन् । शुक्रवार पनि चलचित्रहरुले खास प्रगती देखाएनन्, तर शनिवारको दिन एक्शनस्टार निखील उप्रेती अभिनीत चलचित्र किंगले आक्रमक व्यापार गर्‍यो ।

सँगै रिलीज भएका ‘लभ साशा’ र ‘शब्द’को व्यापार भने सन्तोषजनक देखिएको छ । देशभरीनै राम्रो हल पाएको किंगले शनिवार काठमाडौंमा ७५ प्रतिशत अकुपेन्सि थियो भने काठमाडौं बाहिर पनि सिनेमाको राम्रो व्यापार रहेको वितरकले बताएका छन् ।

दर्शकसँग संगै बसेर फिल्म हेर्न पुगेका कलाकारहरु निखील उप्रेती, अनुप विक्रम शाही र बेनिशा हमाल लगायत वितरक, निर्माता सिट नभएर भुँईमै बसेर फिल्म हेरेका थिए । फ्यान एंव चलचित्र हेरेका दर्शकहरुले चलचित्र राम्रो भएको प्रतिक्रिया दिदै निखिललाई उचालेका थिए ।

विहीवार र शुक्रवार पन्ध्र लाखको कारोवार गरेको किंगले शनिवार मात्रै करीव ४० लाखको कारोबार गरेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu