दीपक-दीपासँग विकासको सहकार्य | जितु, निश्चल र स्वस्तिमाको अभिनय रहने



deepak-deepa-bikash

ठुलोपर्दा डटककम, काठमाण्डौ।
सय दिन भन्दा बढि चलेको चलचित्र ‘छक्का पञ्जा’ पछि अब दीपक-दीपाले निर्देशक विकास आचार्यसँग काम गर्ने भएका छन् ।

‘छ एकान छ’ देखि ‘वडा नम्बर ६’ हुँदै ‘छक्का पञ्जा’सम्म लगातार हिट फिल्म दिएका हाँस्य क्षेत्रका शिर्ष नाम दिपकराज गिरी र दिपाश्री निरौला चलचित्र ‘नाई नभन्नु ल’ सिरीज निर्देशक आचार्यसँग सहकार्य गर्न लागेका हुन् ।

नयाँ चलचित्र दुई पक्षको सहकार्यमा बन्ने छ । यो बर्षको अन्त्यमा छायांकनमा जाने यो प्रोजेक्टको नामाकरण भएको भएको छैन । दीपक-दिपाको कम्पनी आमा सरस्वती मुभिज र आचार्यको वान टाइम सिनेमाको संयुक्त ब्यानरमा चलचित्र तयार हुनेछ ।

प्रमूख भूमिकामा कलाकार जितु नेपाल फाइनल छन् भने निर्देशक समेत रहेका निश्चल बस्नेत र उनकी श्रीमती नायिका स्वस्तिमा खड्का पनि यो चलचित्रको प्रमूख भूमिकामा रहने जनाईएको छ । दीपक-दीपाको पनि अभिनय रहन्छ या रहँदैन यो भने खुलाईएको छैन ।

कमेडी शैलीमा बन्ने यो चलचित्रमा सेन्टिमेन्टल लभ स्टोरी पनि रहने बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu