मिलन पनि संयोग, विछोड पनि संयोग | हेर्नुहोस् ‘दर्पण छायाँ २’को ट्रेलर (भिडियो)



darpan-chhayan-2

ठुलोपर्दा डटकम, काठमाण्डौ।
तुलसी घिमिरे निर्देशित नेपाली चलचित्र ‘दर्पण छायाँ २’को ट्रेलर रिलिज गरिएको छ । फागुण २७ गतेबाट प्रदर्शनमा आउने यो चलचित्र साहारा फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको हो ।

चलचित्रमा पुष्पल खड्का, साहारा कार्की, श्रद्धा प्रसाईँ लगायतका कलाकारको मुख्य भूमिका छ । साथमा तुलसी घिमिरे, सरोज खनाल, वीएस राणा लगायतका कलाकारलाई पनि चलचित्रमा देख्न सकिनेछ ।

ट्रेलरमा तुलसी घिमिरेको न्यारेशन, संगीतको ताल र कलाकारको संवादमा ट्रेलर तयार पारिएको छ । सवु कार्की र रवि कार्कीको निर्माणमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता डाक्टर लोप्साङ लामा हुन् ।

चलचित्रमा रामेश्वर कार्कीको छायांकन, भारती घिमिरे र प्रकाश वराइलीको सम्पादन, रंजित गजमेर र चन्दन लोम्जेलको संगीत छ ।

हेर्नुहोस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu