कलाकारले गरे ‘कलेक्टिभ फेमिली स्टोर’ उद्घाटन



collective

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र तथा संगीत क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थितीमा काठमाण्डौको भिमसेनगोलामा सञ्चालनमा आएको ‘कलेक्टिभ फेमिली स्टोर’को उद्घाटन गरिएको छ ।

नायिका सुष्मा कार्की, पूर्व मिस नेपाल तथा नायिका श्रृष्टी श्रेष्ठ, गायक बाबु बोगटी, हिमाल सागर, गायिका जुना प्रसाई, नायक गौरव पहारी, हाँस्य कलाकार विल्सन विक्रम राई लगायतले स्टोर उद्घाटन गरेका हुन् । यो स्टोरका म्यानेजिङ डिरेक्टर राजेन्द्र लिङ्देनले एउटा परिवारका हरेक उमेरका मानिसहरुका लागि हरेक प्रकारका सामान स्टोरमा पाइने बताए ।

सोहि भवनमा हट लिप्स नामक रेष्टुरेन्ट पनि संचालनमा ल्याइएको छ । जहाँ बार, मिटिङ हल पनि उपलब्ध छ ।

कार्यक्रममा पुगेका कलाकारले उपस्थित दर्शकलाई आफ्नो प्रस्तुतीबाट मनोरञ्जन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu