कस्तो चल्यो निखिलको निर्भय ?



nirbhaye feedback

ठुलोपर्दा डटकम्, काठमाडौं ।
शुक्रबारबाट प्रदर्शनमा आएको एक्सन स्टार निखिल उप्रेती अनि नीता ढुङ्गाना स्टारर फिल्म ‘निर्भय’ले सुखद ओपनिङ गरेको निर्माण टिमले दाबी गरेको छ । निर्देशक मधुसुदन भट्टराईले फिल्मको दुई दिनको विजनेसबाट सन्तुष्ट रहेको बताए ।

पहिलो दिन शुक्रबार आशातित ओपनिङ हुन नसकेको फिल्मले शनिबार दर्शकको साथ पाएको थियो । शनिबार विहानी तथा दिवा शो मा केहि हल हाउसफुल पनि बने । राजधानीको गोपिकृष्ण हलको दिवा शो मा कृष्ण हल हाउसफुल भएको थियो ।

फिल्म हेर्ने अधिकांश दर्शकले राम्रो बोलेका छन् । प्राप्त भिजुअल दृश्यमा अधिकांश दर्शकले ‘निर्भय’ मन पराएको बताएका छन् । निखिलको एक्शन अनि निडर ‘हाउसवाईफ’ को भुमिका निभाएकी नीताको जिवन्त अभिनय र भिलियन अबतारमा देखिएका विकास चापागाईसँगै प्रज्वल गिरी, सुशिल पोखरेल, आईजिपी बनेका प्रदिप ढकालसम्म दर्शकमाझ नोटिस छन् ।

निर्माता देविप्रसाद पाण्डेले ‘निर्भय’को ओपनिङबाट खुशी लागेको भन्दै भोलीका दिनमा पनि फिल्म निर्माणमा आफ्नो अग्रसरता निरन्तर रहने बताए । वर्ड अफ माउफ औसत पाएको फिल्मको लगानी उठ्ने नउठ्ने माथीको प्रश्नको जवाफ भोली परेको बिदाको दिनको विजनेसले पुरा गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu